चीनमा होटल भवन भत्किँदा ८ जनाको मृत्यु, ९ जना हराए
![चीनमा होटल भवन भत्किँदा ८ जनाको मृत्यु, ९ जना हराए](https://rpcdn.ratopati.com/media/albums/china-hotel-collapse_PuohRybYpr.jpg)
चीनको पूर्वी प्रान्त जियान्सुको सुजोउ भन्ने स्थानमा रहेको एक अस्पताल भवन भत्किँदा त्यसमा रहेका आठ जना नागरिकको ज्यान गएको छ । सो भवन सोमबार अपरान्ह भत्किएको थियो । त्यसमा परेर आठ जनाको मृत्यु भएको छ भने अरु नौ जना हराइरहेका पनि बताइएको छ । जियान्सु प्रान्तका अधिकारीहरुले मंगलबार सो कुराको जानकारी दिएका पनि बताइएको छ ।
सोमबार अपरान्ह सो भवन भत्किँदा त्यसमा रहेका करिब २३ जना नागरिक च्यापिएका थिए । तीमध्ये ९ आठ जनाको निधन भएको छ भने अरु नौ जना अझै पनि भवनभित्रै च्यापिएका छन् । अरुको सकुशल उद्धार गरी निकालिएको थियो ।
त्यसमा च्यापिएकाहरुको उद्धारका लागि सुरक्षाकर्मी तथा अन्य उद्धारकर्मीहरुले काम गरिरहेका छन् । त्यसैगरी सो भवन के कति कारणले भत्किएको हो भन्ने बारेमा अनुसन्धान शुरु भएको पनि प्रहरीले जानकारी दिएको छ ।
उक्त होटलको भवन के कसरी निर्माण गरिएको थियो भन्ने बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिभर सिरोसिस, हेपाटाइटिस जस्ता रोगहरूबाट बचाउने सुपरफुड
-
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया रद्द विरुद्ध श्रेष्ठले हाले सर्वोच्चमा मुद्दा
-
फिल्म ‘बुलाकी’ फेरि साउन ३२ मा प्रदर्शन हुने
-
हामी एकताको पक्षमा थियौँ र एमालेमै रहन चाहन्थ्यौँ : माधवकुमार नेपाल (पूर्णपाठ)
-
श्रीमतीको रिसले मिलेनियरले आफ्नै घर जलाएपछि...
-
वीरगन्जस्थित सिद्धार्थ बैँकको शाखा कार्यालयमा आगलागी