ओलीले बुधबार बिहान जुलुससहित बालुवाटार छाड्ने
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाड्ने भएका छन् । उनी आफ्नै निजी निवास बालकोट सर्न लागेका हुन् । एमाले नेता महेश बस्नेतले ओलीलाई बालुवाटारदेखि निजी निवाससम्म नेता कार्यकर्ताले स्कटिङ्ग र स्वागत गर्दै बालकोट लग्ने बताए । यसका लागि बस्नेतले बालुवाटारमा भेला हुन आह्वान गरेका छन् ।
‘बालुवाटार प्रधानमन्त्री कार्यालयदेखि नेकपा एमालेका श्रद्धेय अध्यक्ष क.केपी शर्मा ओलीलाई हजारौँ बाइक, गाडीले स्कटिङ्ग र स्वागत गर्दै भक्तपुरको कौशलटारदेखि बालकोट निवाससम्म नागरिक अभिनन्दन सहित प्रस्थान गराउने कार्यक्रममा सहभागिताको लागि सबैलाई हार्दिक आमन्त्रण गर्दछौं’, बस्नेतले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् ।
बिहान ११ बजे बालुवाटारमा भेला भएर नारा जुलुससहित ओली बालकोटतिर लाग्नेछन् । सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने गरी परमादेश जारी गरेपछि ओलीको सरकारबाट बहिर्गमन भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन