ज्वाला सङ्ग्रौला सहित ४ जना धरौटीमा रिहा
काठमाडौँ । ‘सामाजिक अभियन्ता’ टिका सङ्ग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौँले टिका सङ्ग्रौला, उनका पति हिमाल प्रसाद उपाध्याय, शर्मिला वाइबा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।
मङ्गलबार अदालतको आदेशपछि उनीहरू धरौटी तिरेर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए ।
अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातीय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरूलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।
असार ६ मा पक्राउ परेका सङ्ग्रौला दम्पतीले नक्कली विवाह दर्ता बनाएको फेला परेको थियो । सो कसुरमा सङ्ग्रौलाका पति हिमाल प्रसाद उपाध्यायलाई अदालतले १ लाख धरौटी लिन आदेश गरेको छ । अदालतले बुझाएको धरौटी बुझाएर चारै जना रिहा भएका छन् ।
सङ्ग्रौलाले महानगरीय प्रहरी वृत्त महाराजगन्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रङ्गभेदी अभिव्यक्ति दिएर जातीय विभेद गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना
-
चिया तथा कफी बोर्डका निर्देशकका लागि तोकियो अन्तरवार्ता
-
रवि पत्नी निकिताको आरोप, ‘मिडियाले धर्म छाडेँ’
-
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
-
जर्मन चान्सलर स्कोल्जले गुमाए विश्वासको मत
-
‘मायामा ठ्याक्क ठुक्क’मा बोल्ड सुरक्षा