शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ज्वाला संग्रौलासहित ४ जना धरौटीमा रिहा

मङ्गलबार, २९ असार २०७८, २१ : २४
मङ्गलबार, २९ असार २०७८

‘सामाजिक अभियन्ता’ टिका संग्रौला ‘ज्वाला’ सहित ४ जना धरौटीमा छुटेका छन् । जिल्ला अदालत काठमाडौंले टिका संग्रौला, उनका पति हिमालप्रसाद उपाध्याय, शर्मिला वाइवा भन्ने शर्मिला राई र दोलखाका यम बहादुर खड्कालाई धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।  

मंगलबार अदालतको आदेशपछि उनीहरु धरौटी तिरेर छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए ।  अभद्र व्यवहार मुद्दामा चारै जनाले जनही १० हजार धरौटी तिरेका छन् । जातिय विभेद विरुद्धको कसुरमा अदालतले उनीहरुलाई साधारण तारेखमा छाड्न आदेश गरेको छ ।

असार ६ मा पक्राउ परेका संग्रौला दम्पतीले नक्कली विवाह दर्ता बनाएको फेला परेको थियो । सो कसुरमा संग्रौलाका पति हिमाल प्रसाद उपाध्यायलाई अदालतले १ लाख धरौटी लिन आदेश गरेको छ । अदालतले बुझाएको धरौटी बुझाएर चारैजना रिहा भएका छन् । संग्रौलाले महानगरीय प्रहरी वृत महाराजगञ्जमा कार्यरत असई मणिकान्त झालाई प्रहरी कार्यालयमा रंगभेदी अभिव्यक्ति दिएर जातिय विभेद गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप