शीतल निवासमा कन्तबिजोग : शपथमा बोलाइएका पाहुना कुरेको कुर्यै, तस्बिरहरु हेर्नुहाेस्
प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्तिको भाषालाई लिएर विवाद भएपछि त्यसको प्रभाव शीतल निवासमा आयोजित कार्यक्रममा परेको छ । राष्ट्रपति कार्यालयमा निम्त्याइएका विदेशी कूटनीतिज्ञ, संवैधानिक अंगका प्रमुखहरु लगायतका पाहुनाहरू अन्योलमा परेका छन् ।
साढे ५ बजे नै शीतल निवासमा पुगिसकेका पाहुनाहरू राति ८ बजेसम्म कुरेको कुर्‍यै भएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेको निर्णय त्रुटिपूर्ण भएकाले त्यसलाई सच्याउनुपर्ने देउवाले अडान राखे पनि राति पौने ८ बजेसम्म राष्ट्रपति कार्यालयले ठोस निर्णय नगर्दा शपथ ग्रहणमा ढिलाइ र अन्योल भएको हो ।

राष्ट्रपतिले काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री नियुक्त गरेको ब्यहोराप्रति प्रधानमन्त्री देउवाले असहमति राखेका छन् । आफूलाई संविधानको धारा ७६(५) अनुसार नियुक्त गरी निर्णय सच्याउनुपर्ने देउवाको अडान छ । तर, रातिसम्म शीतल निवासले निर्णय सच्याएको छैन ।
विवाद देखिएसँगै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवासमा देखिएका छैनन् ।

राति ८ बजेसम्मको शीतल निवासको परिदृश्य यस्तो छ–
–सधैँ बाहिर चौरीमा शपथ ग्रहण आयोजना गरिन्थ्यो, अहिले भित्र हलमा कार्यक्रमस्थल तय गरिएको छ ।
–प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र देव गुरुङ लगायतका नेताहरू शपथ ग्रहणको हलभन्दा अलग्गै कोठामा आधा घण्टादेखि बसिरहेका छन् ।
–मन्त्रीका लागि शपथग्रहणमा बोलाइएका नेता र अन्य सहभागीहरू ठुलो हलमा प्रतीक्षारत छन् ।
–संवैधानिक अङ्गका प्रमुख लगायतका भिभिआइपीहरू अलग्गै स्थानमा रहेकाले हलमा देखिएका छैनन् । हलमा ‘मन्त्री’हरुलाई बधाई को ओइरो लागेको छ, तर भित्र शपथको टुङ्गो छैन । अन्योलको अवस्था छ । मुख्यसचिव पनि हलमै छन् ।
–६ बजे नै शपथ ग्रहण हुने भनिएकोमा घण्टौँ बितिसक्दा पनि शपथ ग्रहण सुरु हुन सकेको छैन । राजदूतहरू पनि बेग्लै स्थानमा घण्टौँसम्म कुर्न बाध्य बनेका छन् ।








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढी उपमहानगरले गर्याे नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान
-
गोरखामा सुधन गुरुङले भने– ‘फेरि गृहमन्त्री भएँ भने दुई महिना तस्बिर खिच्न नआउनु’
-
राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आयोजनामा स्वास्थ्य शिविर
-
एउटै मञ्चबाट २० कृति विमोचन
-
गर्मी बढेसँगै उपत्यकाका पौडी पोखरीमा बढ्यो भिडभाड, तस्बिरहरु
-
कांग्रेस कपिलवस्तुका सहसचिव अरशदले दिए राजीनामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण