तत्काल सरकारमा सहभागी नहुने उपेन्द्र यादव पक्षको निर्णय
मङ्गलबार, २९ असार २०७८, १९ : ३०

जनता समाजवादी पार्टी नेपाल उपेन्द्र यादव पक्ष काँग्रेस नेतृत्वका सरकारमा तत्काल सहभागी नहुने निर्णय गरेको छ । पार्टी कार्यालय बालकुमारीमा आज बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको हो । कार्यकारिणी समितिका सदस्य रामसहाय यादवले जसपा सरकारमा जान्छ तर तत्कालै जाँदैन, निर्वाचन आयोगमा पार्टीको मुद्दा विचाराधीन रहेको अवस्थाका कारण तत्कालै सरकारमा नजाने बताए ।
'काँग्रेसका सभापति शेरबहादुर देउवा सरकारले कस्तो कार्यक्रमहरू तय गर्छ, त्यसलाई पनि जसपाले हेर्छ । आफूहरूका मुद्दालाई सरकारले कसरी सम्बोधन गर्ने लगायतका विषयमा छलफल गरेर मात्र सरकारमा जाने निर्णय हुनेछ,' उनले भने ।
*यसअघि उपेन्द्र यादव पक्ष हुनुपर्नेमा महन्थ ठाकुर भएकाले क्षमायाचनासहित सच्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले गाँजा जलाउँदा सहर नै मातिएपछि...
-
राजश्वको श्रोतको आधारमा यथार्थपरक बजेट ल्याउन चेम्बर अफ कमर्सको सुझाव
-
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युन फेरि अदालतमा उपस्थित
-
हृदयघातका कारण कन्नड अभिनेता राकेश पुजाराको निधन
-
करोडौँ खर्च गर्नुपर्ने लुटेरा निर्वाचन प्रणाली चाहिएको छैन : प्रचण्ड
-
रुकुम पश्चिममा ब्रेक फेल भएर फोर्स गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु