ओली नआउँदा शपथमा ढिलाइ

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्न ढिला गरेपछि शपथग्रहण कार्यक्रम शुरु हुन सकेको छैन । ओली आउन ढिलाइ भएपछि शपथ निर्धारित समयभन्दा ढिला हुन लागेको हो ।
यसअघि, ६ बजे सुरु हुने भनिएको शपथ राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि पछि धकेलिएको थियो । यतिबेला नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगिसकेका छन् । शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।
राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् । उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)