बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बिदा हुँदै अर्थमन्त्रीले भने, ‘कार्यकाल सफल रह्यो’

मङ्गलबार, २९ असार २०७८, १८ : ५५
मङ्गलबार, २९ असार २०७८

वर्तमान सरकारको असामयिक बहिर्गमन सँगै सिंहदरबारबाट मन्त्रीहरूको बिदाइ गरिएको छ । सिंहदरबारमा मंगलबार अपराह्न अर्थमन्त्री विष्णुप्रसाद पौडेलको बिदाइ गरिएको हो । अर्थ मन्त्रालयमा दोस्रो पटक मन्त्रीको रूपमा आएका मन्त्री पौडेलले आफ्नो कार्यकाल सफल भएको बताए । आफूले निष्ठापूर्वक काम गरेकोले सन्तुष्ट हुँदै बिदा भएको बताए । कार्यभार सम्हाल्ने समयमा चुनौतीको चाङ रहेको स्मरण गर्दै मन्त्री पौडेलले कर्मचारीको सहयोगले सहजताका साथ काम गरेको बताए । अर्थमन्त्री पौडेलले सरकारमा आउने जाने काम निरन्तर हुने हुँदा अनौठो मान्नु नहुने बताए । 

यस्तै सिंहदरबारबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङको पनि बिदाइ गरिएको छ । भौतिक मन्त्री नेम्वाङले आफूले चाहेजस्तै गरी कर्मचारीहरूको सहयोग पाएका कारण राष्ट्र र जनताप्रतिको दायित्व पुरा गर्न सकेको बताए । कर्मचारीहरूकै साथका कारण आफूले मन्त्रालयको साख गिर्न नदिएको उनले बताए । उनले ओली नेतृत्वको सरकारले विकास निर्माणको कामलाई तीव्रता दिएको पनि उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप