जनार्दन अर्थ र पम्फा ऊर्जा मन्त्री बन्ने
मङ्गलबार, २९ असार २०७८, १७ : ३४
काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारको जनार्दन शर्मा अर्थमन्त्री बन्ने भएका छन् भने पम्फा भुसाल उर्जामन्त्री बन्ने भएकी छिन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले काँग्रेस सभापति तथा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेपछि माओवादीका तर्फबाट दुई मन्त्रीको टुंगो लागेको हो ।
आजै देउवाको शपथ ग्रहण कार्यक्रम राष्ट्रपति कार्यालयमा राखिएको छ भने त्यसलगत्तै मन्त्रीहरुको पनि शपथ हुनेछ । देउवाले पहिलो चरणमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एलन मस्कको टेस्लाले स्मार्टफोन ल्याउन सक्ला ?
-
पारस खड्का जस्मिन पेन्ट्सको सद्भावनादूत नियुक्त
-
नेपाली चिया कफीको ऐतिहासिक परम्पराको सम्मान बढाउने उत्पादन
-
बालाचतुर्दशी : पशुपतिनाथको कैलाशमा पसल राख्न प्रतिबन्ध
-
हवाई आक्रमणले तहसनहस पारिएका घरमा फर्किए लेबनानी
-
१२ बजे, १२ समाचार : विद्युत् बक्यौतामा सरकारी छेकबारविरुद्ध कुलमानको नयाँ जुक्तिदेखि युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजानेसम्म