सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा ओलीसँगै देखिए दुर्गा प्रसाईं

मङ्गलबार, २९ असार २०७८, १६ : २९
मङ्गलबार, २९ असार २०७८

नेताहरुलाई मार्सी चामलको भात खुवाएर चर्चित बनेका झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईं मंगलबार सिंहदरबारमा देखिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली देशवासीको नाममा सम्बोधन गर्न सिंहदरबार प्रवेश गरेका बेला उनीसँगै दुर्गा प्रसाईं पनि देखिएका हुन् । 

पछिल्लो समय बीएण्डसी मेडिकललाई सम्बन्धन दिन एमाले अध्यक्ष समेत रहेका ओलीले जोडबल गरेका थिए । तर नागरिक समाजलगायतको विरोधका बाबजुद प्रसाईँको मेडिकल कलेजले सम्बन्धन पाएको छ । 

केपी ओलीको बर्हिगमनसँगै प्रसाईँको मेडिकल कलेजको सम्बन्धन अब के हुन्छ भन्ने चासो पनि उत्पन्न भएको छ । राष्ट्रपति कार्यालयले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै ओली सत्ताबाट बहिर्गमन भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप