यस्तो छ राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेको पत्र
मङ्गलबार, २९ असार २०७८, १६ : २२
राष्ट्रपति विद्यादेवी भण्डारीले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले मंगलबार जारी गरेको विज्ञप्तिमा सर्वोच्च अदालतको फैसलाअनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख छ ।
‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वोच्च अदालतको संवैधानिक इजलासको असार २८ को फैसला बमोजिम प्रतिनिधिसभाका सदस्य एवम् नेपाली काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ’, राष्ट्रपति कार्यालयले सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश
-
‘जलविद्युत्मार्फत क्षेत्रीय आर्थिक सहकार्य जरूरी’
-
खराब फर्म जारी रहे एमोरिमले युनाइटेड छाड्ने
-
एमाले महासचिव पोखरेलले दाबी गरेजस्तै छ त सरकारको उपलब्धि ?
-
सडकबाटो बिग्रिएपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द
-
बुद्ध जयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा