आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

प्रधानन्यायाधीशको पुत्ला जलाएकोमा पत्रकार महासंघको आपत्ति

मङ्गलबार, २९ असार २०७८, १५ : ४६
मङ्गलबार, २९ असार २०७८

नेपाल पत्रकार महासंघले प्रधानन्यायाधीशको पुत्ला जलाएको प्रति आपत्ति जनाएको छ । मंगलबार महासंघका महासचिव रोशन पुरीले एक विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतबाट भएको विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसलाको नेपाल पत्रकार महासंघले स्वागत गरेको उल्लेख गरेका छन् । 

उनले सर्वोच्चको  सो निर्णय संविधानको रक्षा हुनुका साथै लोकतान्त्रिक विधि र मूल्य मान्यता पुनःस्थापित भएको महासंघको निष्कर्ष रहेको उल्लेख गरेका छन् ।  उनले सर्वोच्चको फैसलाप्रति विरोधी पक्षले गरेको प्रहारको पत्रकार महासंघले भत्सर्ना गरेको उल्लेख गरेका छन् । विज्ञप्तिमा महासचिव पुरीले भनेका छन्– ‘अदालतको फैसलापछि सम्मानित र स्वतन्त्र अदालतमाथि भएका अशोभनीय टिका टिप्पणी र प्रधान न्यायाधीशको पुत्ला दहन गर्ने कार्यको महासंघ भत्र्सना गर्दछ । स्वतन्त्र न्यायपालिकामाथि कुनै पनि पक्षबाट प्रहार गर्न हुँदैन भन्नेमा महासंघको प्रष्ट दृष्टिकोण रहँदै आएको छ ।’

उनले पुनःस्थापित प्रतिनिधि सभा र संसदबाट निर्माण हुने सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्दै सञ्चार क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ भन्नेमा महासंघले विश्वास प्रकट गरेको उल्लेख गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप