ओली सरकारबाट बाहिरिएसँगै युथ फोर्स गठन
केपी ओली सरकारबाट बाहिरिएकै दिन नेकपा एमालेको भातृ संगठन युवा संघले युथ फोर्स गठन गरेको छ ।
सोमबार काठमाडौमा बसेको युवा संघको बैठकले युथ फोर्सको गठन गरेको हो ।
यस अघि नै गठन गरिएको युथ फोर्सलाई खारेज गरिएको भएपनि पुनः गठन गरिएको छ । ५०१ युर्थ फोर्सको प्रमुखको जिम्मेवारी क्षितिज थेवेलाई दिइएको छ भने उपप्रमुखको जिम्मेवारी पुष्प श्रेष्ठले पाएका छन् ।
नेकपा एमालेलाई चौतर्फी घेराबन्दीमा पार्ने प्रयास भएपछि त्यसको प्रतिकारका लागि युथ फोर्सलाई ब्युँताएको नेकपा एमालेका नेता तथा युवा संघ नेपालका ईन्चार्ज महेश बस्नेतले बताए ।
उनले भने, ‘युथ फोर्स फेरि जन्मिएको छ । युथ फोर्स सिरानमुनी राखिएको खुकुरी जस्तै हो किसानको घरको । र अप्ठ्यारो पर्यो भने संकट पर्यो भने यसलाई फेरि निकालिनेछ भनेर हामीले भनेका छौ । युथ फोर्स अहिले जन्मिएको छ । यसले नेकपा एमालेको सिद्धान्त विचारको रक्षा गर्ने छ । जनताको बहुदलिय जनवादको प्रयोग गर्ने सन्र्दभमा , यसलाई रक्षा गर्ने सन्र्दभमा र यसलाई विस्तार गर्ने सन्र्दभमा यसले महत्वपुर्ण भूमिका खेल्ने छ । यसले आवाज विहिनहरुको आवाज उठाउन भूमिका खेल्ने छ ।’
उनले युथ फोर्सलाई नेकपा एमालेमाथिको घेराबन्दी तोड्दै आवश्यकता अनुसारको प्रतिकारका लागि योजना बनाउन पनि निर्देशन दिए । साइबर सेनासंग सहकार्य गरि एमाले विरुद्ध भ्रम छर्नेहरु विरुद्ध सही संन्देश दिने काममा भूमिका निर्वाह गर्न उनले आग्रह गरे । नेता बस्नेतले केपी शर्मा ओली बुधबार बालकोटस्थित निवास प्रस्थान गर्दा २ हजार वटा गाडी र ३ हजारवटा मोटरसाइकललले स्वागत गर्ने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौंमा ‘नेपाल-भारत’ रङ्ग महोत्सव, कुन-कुन नाटक भइरहेछन् प्रस्तुत ?
-
गाजाबाट प्यालेस्टाइनीलाई लखेटेर अधिग्रहण गर्ने ट्रम्पको प्रस्ताव सहयोगी राष्ट्रहरुले गरे रिजेक्ट
-
जब बेलायती राजकुमारले भक्तपुरमा काठमा बुट्टा कुँदे...
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला