शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१६.३४ अंक नेप्से बढ्यो, तर कारोबार रकम साढे ५ अर्ब मात्र

मङ्गलबार, २९ असार २०७८, १५ : ३१
मङ्गलबार, २९ असार २०७८

मंगलबार नेप्से परिसूचक १६.३४ अंकले बढेर २ हजार ८७१.०३ विन्दुमा पुगेको छ । गत सोमबार एकै दिन अधिकतम ४५.०६ अंककले घटेर २ हजार ८५४.७७ विन्दुमा झरेको नेप्सेमा मंगलबार १६ अंकमाथिको स्तरोन्नती भएको हो । 
नेपाल स्टक एक्सचेन्सका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीहरुका सेन्सेटिभ इन्डेक्स समेत ४.७४ अंकले बढेर ५३९.५१ विन्दुमा पुगेको छ । 
तथापि, यस दिन यता नेप्से परिसूचक अधिकतम १६.३४ अंकले बढिरहँदा उता सेयर कारोबार भने साढे ५ अर्ब रुपैयाँ बराबरको मात्र भएको छ ।

नेप्सेका अनुसार आज कुल २२३ कम्पनीका एक रोड २३ लाख माथिको सेयर ५३ हजार १३९ पटक किनबेच हुँदा जम्मा ५ अर्ब ५४ करोड ६३ लाखको कारोबार भएको छ ।
यस दिन जीवन बीमा समूह बाहेक अन्य सबै समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप