बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सरकारबाट बाहिरिँदा मलाई रत्तीभर चिन्ता छैन : ओली

मङ्गलबार, २९ असार २०७८, १५ : ०६
मङ्गलबार, २९ असार २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकारबाट बाहिरिँदा रत्तीभर चिन्ता नभएको दाबी गरेका छन् । सोमबारको सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीबाट बिदा हुनुअघि सम्बोधन गर्दै ओलीले आफूले देश र जनताको पक्षमा काम गरेकोले कुनै चिन्ता नभएको बताएका छन् । उनले आफ्नो नेतृत्वमा चौतर्फी विकास भएको दाबी समेत गरे । 

कुनै व्यक्तिको इच्छा पूरा गर्न नेपालको संविधान र लोकतान्त्रिक प्रणालीमा खेलाँची भएकोमा चिन्ता रहेको उल्लेख गरे । उनले नेपालका लागि चाहिने कोभिड खोपको आफूले व्यवस्थापन गरेको पनि दाबी गरे । उनले छोटो समयमै नागरिकका लागि खोपको व्यवस्था गरेको दाबी गर्दै सन् २०२१ भित्र सबै जनतालाई खोप सुविधा पाउने बताए । १ करोड ३६ लाख डोज खोप सुनिश्चित भएको दाबी गर्दै केही महिनामा सबै नेपालीले खोप लगाउन पाउने दाबी गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप