शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पाल्पामा वडाध्यक्षको निधन

मङ्गलबार, २९ असार २०७८, १४ : ३२
मङ्गलबार, २९ असार २०७८

पाल्पाको निस्दी गाउँपालिका– ४ मित्यालका वडाध्यक्ष न्योबहादुर सुनारीको निधन भएको छ । नेकपा (एमाले) जिल्ला सल्लाहकार परिषद् सदस्यसमेत रहेका ५२ वर्षीय सुनारीको उपचारका क्रममा तानसेनस्थित लुम्बिनी मेडिकल कलेज, प्रभावमा सोमबार निधन भएको परिवारले जनाएको छ । 

स्वास्थ्यमा समस्या देखिएपछि सोमबार मेडिकल कलेज लगिनुभएका सुनारीको कमजोरी महशुस हुने पहिल्यैदेखिको समस्या र थप जटिलता आएर उपचारकै क्रममा निधन भएको गाउँपालिकाले जनाएको छ । सुनारीको निधनमा शोक वक्तव्य जारी गर्दै गाउँपालिका बन्द गरिने भएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप