नगरपालिकाको पहलमा उद्यमीलाई तीन लाख ऋण दिन सुरु
चाँगुनारायण नगरपालिकाको मेयर उद्यमशीलता कार्यक्रम सुरु भएको छ । मंगलबारबाट नगरपालिकाको समन्वय र सिफारिसमा नेपाल बैंक लिमिटेड कमलविनायक शाखाले ऋण दिन सुुरु गरेको हो । सो अनुसार हाइट हाउस खाजा घर तेलकोटका सञ्चालकलाई तीन लाख नगद उपलब्ध गराएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए ।
चाँगुनारायणले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उद्यमी बन्न चाहने नगरवासीलाई बढीमा ३ लाख रुपैंया विना धितो निर्व्याज ऋण उपलब्ध गराउने घोषणा गरेको थियो । नगरपालिकाद्धारा सिफारिस भएका अन्य उद्यमीलाई साउनदेखि ऋण दिने प्रक्रिया सुचारु हुुने मिश्रले बताए ।
सोही अनुसार पहिलो लाभग्राहीको रुपमा खाजा घरका सञ्चालकसँग सम्झौता भई कार्यान्वयनको शुभारम्भ गरिएको नगर प्रमुख सोमप्रसाद मिश्रले बताए । सम्झौताअनुसार लाभग्राहीले पाँच वर्षमा उक्त रकम चुक्ता गर्नुपर्ने छ ।
नगरपालिकाले महिला उद्यम, दलित र पिछडिएका वर्ग, वैदेशिक रोजगार, युवा स्वरोजगार र कृषि गरी पाँचवटा क्षेत्रमा उद्यमी बन्न चाहनेहरुलाई छनोट गरेको थियो ।
सो कार्यक्रमका लागि नेपाल बैंकले उद्यमीलाई ७ दशमलव ९८ प्रतिशत ब्याजमा ऋण उपलब्ध गराउने छ । ब्याजमध्ये ऋणको विषयवस्तु अनुसार ५ वा ६ प्रतिशत नेपाल सरकार र राष्ट्र बैंकको अनुदानबाट व्यहोर्ने र बढीमा २ दशमलव ९८ प्रतिशत नगरपालिकाले व्यहोर्ने गरी कार्यविधि तयार गरिएको बैंकका शाखा प्रबन्धक विष्णुमान भैलले जानकारी दिए ।
समयावधिभित्र ऋण चुक्ता नगर्ने वा ऋणको दुरुपयोग गरेको खण्डमा नगरपालिकाले कालो सूचीमा समावेश हुनेछन् । नगरका अन्य सेवा सुविधामा रोक लगाइने र बैंकले पनि प्रचलित ऐन नियमानुसार कारवाही गर्ने प्रावधान राखिएको छ ।
चालू आर्थिक वर्ष २ सय ६२ जना यो कार्यक्रमको लागि छनोट भएका छन् । कार्यक्रमका लागि आवेदन दिने १ हजार १ सय २१ जनाले निवेदन दिएका थिए । तीमध्ये मनोविज्ञको टोलीले विभिन्न ३६ वटा प्रश्नको सहायताले ३ सय ९० जनालाई उद्यमशिलता तालिमका लागि छनोट छन् ।
तालिममा सहभागीमध्ये २ सय ९२ जनालाई छनोट गरी नगरपालिकाले ऋण प्रक्रियाको लागि नामावली नेपाल बैंकमा पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन निकुञ्जद्वारा नियम विपरीत काम गर्ने ६५ जनालाई कारबाही
-
१० वर्षीया बालिकाको मृत्युपछि पाकिस्तान भागेर प्रहरीलाई फोन
-
बार अध्यक्ष घिमिरेविरुद्धको अदालतको अवहेलनाको पेसी ३२ औ नम्बरमा
-
बंगलादेशले वेस्ट इन्डिजलाई उसैको घरमा हरायो
-
सुदूरपश्चिम प्रदेश सभा : हिउँदे अधिवेशन चल्ने समयमा बजेट अधिवेशन नै अन्त्य भएन
-
दुर्गा प्रसाईंको मुद्दा न्यायाधीश पोखरेलको इजलासमा पेसी