शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नर्भिक अस्पतालद्वारा आइपीओ ल्याउने तयारी

मङ्गलबार, २९ असार २०७८, १४ : २६
मङ्गलबार, २९ असार २०७८

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । 
नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो ।
नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित गर्ने अवधारणाअन्तर्गत आफूलाई प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण गरेको हो । 
योसँगै नर्भिक अस्पतालको नाम यसअघिको ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज प्रालि’बाट रुपान्तरित भई ‘नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमीटेड’ भएको छ । 
पब्लिक कम्पनीमा रुपान्तरण भएसँगै नर्भिकले भविष्यमा सर्वसाधारणका लागि साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) समेत गर्नेछ । नर्भिक अस्पताल नेपालको सेयर बजारमा सूचीकृत हुने पहिलो अस्पताल तथा मेडिकल कलेज बन्ने गरी काम अगाडि बढेको अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप