बुस्टरका नाममा अनावश्यक खोप नलगाउन धनी राष्ट्रलाई डब्ल्यूएचओको आग्रह
मङ्गलबार, २९ असार २०७८, १२ : ४५
![बुस्टरका नाममा अनावश्यक खोप नलगाउन धनी राष्ट्रलाई डब्ल्यूएचओको आग्रह](https://rpcdn.ratopati.com/media/albums/WHO_09tkXKAQSe.jpg)
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसियसले खोप पाइसकेका नागरिकहरूलाई बुस्टरका नाममा अनावश्यक खोप नलगाउन आग्रह गरेका छन् ।
कम आय भएका देशका नागरिकले एक डोज पनि खोप नपाइरहेको बेला विकसित राष्ट्रहरूले बुस्टरका लागि भन्दै खोप लगाउने तयारी गरेपछि डब्ल्यूएचओका प्रमुख डा. अधानोमले यस्तो बताएका हुन् ।
सङ्क्रामक मानिएको डेल्टा भेरियन्ट १०४ वटा देशमा तीव्र रूपमा फैलिँदै गएकाले नियमित प्रेस ब्रिफिङमा सुरुमा सबैलाई कम्तीमा पहिलो खोप लाग्नुपर्नेमा उनले जोड दिए ।
अझै पनि कतिपय देशमा अग्रपङ्क्तिमा खटिरहेका स्वास्थ्यकर्मीहरुले कोरोनाविरुद्धको खोप नपाएको भन्दै उनले चिन्ता व्यक्त गरे । विश्वव्यापी रूपमा खोपको उपलब्धता ठुलो खाडल रहेको समेत उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म क्षेत्रमा महिलाहरू बढी पीडित छन् : वसुन्धरा भुसाल
-
‘मलाई प्रेम प्रस्ताव राख्न आँट गर्दैनन्’
-
रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह
-
पूर्वी कंगोमा सशस्त्र समूहको हमलामा ५५ नागरिकको मृत्यु
-
एलन मस्कले एक्समा नाम फेरेर ‘ह्यारी बोल्ज’ राखे
-
जलविद्युत् आयोजनाको भविष्य समाप्त नपार्न इप्पानको आग्रह