बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

यौनशक्तिसँग जोडिएको गोप्य कुरा प्रेमिकालाई भन्न डराइरहेका छन् प्रेमी, राखे समस्या

मङ्गलबार, २९ असार २०७८, १२ : १२
मङ्गलबार, २९ असार २०७८

सेक्स ड्राइभको विषयमा धेरैजसो मानिसहरुमा विभिन्न प्रकारको समस्या देखिने गर्छ । slate.com  को स्तम्भमा एक व्यक्तिले यस्तै एक समस्याबारे कुरा गर्दै विज्ञको धारणा मागेका छन् ।

एक व्यक्तिले लेखेका छन्, ‘म ४३ वर्षका एक स्वस्थ व्यक्ति हुँ र मेरो सेक्स ड्राइभ पनि निकै दुरुस्त छ । म रक्तचापको औषधी दिइरहेको छु जसले मेरो इरेक्सनलाई असाध्यै कम गराउँछ । यद्यपि, यो कुनै प्रकारको इरेक्टाइल डिसफंक्सन होइन ।’

ती व्यक्तिले लेखे, ‘मेरा डाक्टरले मलाई भियाग्रा लिन सुझाव दिएका थिए जसले पछिल्ला केही वर्षमा उत्कृष्ट काम गरेको छ । करिब एक वर्ष अघि महामारीको बीचमा मेरी श्रीमती मलाई छोडेर गइन् । केही महिना अघि मात्रै एक नयाँ महिलासँग म सम्बन्धमा छु । म उनीसँग निकै खुसी छु र हाम्रो यौन जीवन पनि असाध्यै राम्रो छ ।’

‘यद्यपि, ती महिलालाई म भियाग्रा नामको कुनै औषधीको सेवन गरिरहेको छु भन्ने थाहा छैन । यी औषधीले असाध्यै नै चमत्कार गरेको छ । मेरी पार्टनरलाई लाग्छ कि म ४३ वर्षको यस्तो व्यक्ति हुँ जो कुनै किशोरभन्दा कम छैन । उनी मलाई सेक्स लाइफ इतर अन्य कारणले पनि प्रेम गर्छिन् । मलाई यसमा कुनै शंका छैन कि मेरो यौन क्षमताले उनलाई प्रभावित पारेको छ । ’

‘म भियाग्राको टाइमिङको विषयमा निकै तनावमा छु । यो मुश्किल त्यतिबेला बढ्ने गर्छ जब दुईमध्ये कुनै एक पार्टनरलाई मात्रै यसको आवश्यकता कहिले पर्छ भन्ने थाहा हुन्छ । त्यतिबेला मिलाउन निकै मुश्किल पर्छ । मैले सेक्सका साथै भियाग्रालाई पनि समय दिनुपर्छ र यो अब तनावपूर्ण हुँदै गइरहेको छ ।’

उनले लेखे, ‘यसबारे आफ्नो पार्टनरलाई भन्न मलाई डर लागिरहेको छ किनभने हामी एक अर्कालाई करिब चार महिनादेखि डेट गरिरहेका छौं । मैले उनलाई धोका दिइरहेको हो कि भन्ने लागिरहेको छ । यद्यपि, सुरुमा त मलाई कहिले महसुस भएन कि मैले उनीसँग यसबारे कुरा गर्न आवश्यक छ ।’

‘म अब यो तमाशालाई बन्द गर्न चाहन्छु जुन सहज छैन । मलाई अहिले लाग्छ कि मैले उनलाई यसबारे पहिले नै भन्नु पर्ने थियो । तर मलाई लाग्छ कि उनले मलाई धोकेबाज ठान्नेछिन् र उनकोनरजमा मेरो सुपर सेक्सुएलिटीको जुन औरा छ, त्यो पनि ध्वस्त हुनेछ ।’

यस विषयमा विज्ञले आफ्नो धारणा दिँदै भनेका छन्, ‘तपाईंले आफ्नो नयाँ पार्टनरलाई आफूले भियाग्रा उपयोग गरिरहेको बारे बताउन डराइरहनु भएको छ भने यसबारे कुराकानी गर्नुभन्दा अघि उनलाई विश्वासमा लिन निकै आवश्यक छ ।’

‘तपाईंले केही भन्नु अघि उनले तपाईंलाई झुटो वा खराब व्यक्ति सोच्नुअघि नै यसबारे तपाईंहरु स्पष्ट हुन आवश्यक छ । तपाईं यति मात्रै बुझ्नुहोस् कि तपाईंले पार्टनरलाई सबैकुरा भन्नका लागि अलि बढी समय लिनुभयो । म थुप्रै हप्तादेखि यसबारे चर्चा गर्नका लागि सबै राम्रो तरिका खोज्ने कोसिस गरिरहेको छु – र त्यो हो सही स्थानबाट कुराकानी सुरुवात गर्नु ।’

विज्ञले भने, ‘तपाईं उनलाई आफ्नो भियाग्रा प्रयोगबारे सबै बताउन चाहनुहुन्छ भने यसका लागि तपाईंले रणनीतिबद्धले यो मुद्दा कसरी सार्वजनिक भन्नेबारे प्रयास गर्नुपर्छ । यदि तपाईं उनको आलोचना झेल्नका लागि तयार हुनुहुन्छ भने सबैभन्दा पहिला उनलाई आफ्नो डर वा चुप बस्नुको कारणबारे बताउनुहोस् वा तपाईंले जे जति अनुभव गर्नुभएको छ, त्यसबारे जानकारी दिनुहोस् ।’

‘यसबारे सबै थाहा पाएपछि उनलाई निकै हदसम्म थाहा हुनेछ कि तपाईंले यत्तिका दिनसम्म यो कुरा निक लुकाएर राख्नुभयो । उनको प्रतिक्रिया बुझ्नुहोस् र जति पनि कुरा उनले तपाईंलाई भन्नुहुन्छ त्यो ध्यानपूवर्क सुन्नुहोस् । आफ्नो मुख बन्द राखेर उनको सबै कुरा सुन्नुहोस् । सायद उनी त्यति पनि सेक्सुअल मोटिभेटेड छैनन् जति तपाईंले सोच्नुभएको छ । उनका लागि यी सब कुरा महत्व नै नराख्न पनि सक्छन् । ’

‘यदि तपाईंको मनमा आफूले आफैंलाई बचाउने र बहाना बनाउने विचार आएको छ भने लामो सास फेर्नुहोस् र उनको सबै कुरा ध्यानपूर्वक सुन्नुहोस् । माफीका लागि उनको कुराबाट निस्किरहेको जानकारी बटुल्न आवश्यक छ जसका तीन मुख्य घटक छन् । पहिलो, तपाईंले के गर्नुभयो । दोस्रो, यसले के हानी गर्यो र तेस्रो, तपाईं भविष्यका लागि यी गल्तीलाई कसरी दुरुस्त गर्न सक्नुहुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप