आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिटौलाले बोलाए मन्त्री छान्न आफू निकटको बैठक, पौडेल पनि आन्तरिक छलफलमा

मङ्गलबार, २९ असार २०७८, १२ : ११
मङ्गलबार, २९ असार २०७८

काँग्रेस सभापति शेरबहादुर देउवालाई सर्वोच्च अदालतले प्रधानमन्त्री बन्ने बाटो खोलिदिएपछि सो पार्टीका संस्थापन इतर पक्ष आन्तरिक छलफलमा जुटेको छ । आफू निकटबाट कसलाई मन्त्री बनाउने भन्नेबारे छलफलका लागि नेता कृष्ण प्रसाद सिटौला पक्ष आन्तरिक बैठकमा जुटेको हो । 

 सिटौला पक्षले दिउँसो १ बजे बैठक बोलाएको छ । चन्डोलस्थित सिटौला निवासमा गगन थापासहितका नेताहरुलाई बोलाइएको छ । सो बैठकबाट सिटौलाको भागमा पर्ने मन्त्रीको छनोट हुने नेता भीमसेनदास प्रधानले जानकारी दिए । सिटौला समूहबाट तीन प्रतिनिधिसभामा गगन थापा, उमाकान्त चौधरी र भीमसेन दास प्रधान सांसद रहेका छन् । उनीहरुमध्ये एकजनालाई मन्त्री बनाउन सिटौलाले सिफारिस गर्ने पक्कापक्की छ । 

यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल पनि आन्तरिक छलफलमा छन् । तर अहिले नै देउवासँग भागबण्डा मिलिनसकेकाले कसरी आफू निकटको प्रतिनिधित्व सरकारमा बढाउने भनेर उनी रणनीति बुन्न छलफलमा रहेको नेताहरुको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप