बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

तीन लघु फिल्मलाई ५ लाख निर्माण पुरस्कार

मङ्गलबार, २९ असार २०७८, ११ : ५१
मङ्गलबार, २९ असार २०७८

‘मुना’, ‘एलेक्सिया’ र ‘विण्ड हर्स’ नामक तीन लघु चलचित्रका कथाले निर्माणका लागि पाँच, पाँच लाख पाएका छन् । उनीहरुले ‘लघु चलचित्र निर्माण पुरस्कार’को रुपमा शो रकम पाएका हुन् ।

विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा भएको कार्यशालाका सहभागी उनीहरुलाई आयोजक समूहले निर्माणका लागि उक्त रकम प्रदान गर्ने भएको हो ।

पुरस्कार पाउने फिल्म मेकरमा ‘मुना’बाट शान्ता नेपाली, ‘एलेक्सिया’बाट ज्योत्सना सिंह ठकुरी र ‘विण्ड हर्स’बाट सुनिल गुरूङ रहेका छन् । सबै फिल्ममेकरले वर्ष २०२१ को अन्त्यसम्म फिल्म बनाउनुपर्ने बताइएको छ । उनीहरुलाई १५ मिनेटको फिक्सन फिल्म निर्माणका लागि आर्थिक सहयोग गरिएको हो ।

विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सले ‘गोग्राह फिल्म कार्यशाला’को विगत २ वर्षदेखि सञ्चालन हुँदै आएको छ । यसअघि विराटनगर फिल्म कार्यशालाका नाममा गरिँदै आएको कार्यशाला यो वर्षबाट गोग्राह नामबाट हुन थालेका हो ।
कार्यशाला निर्देशक÷लेखक दिपक रौनियार, अभिनेत्री÷लेखक आशा मगराती, भास्कर गौतमले सुरु गरेका हुन् ।

सन् २०१९ मा विराटनगरमा एक हप्ते आवासीय फिल्म कार्यशालाबाट आरम्भ गरिएको यो २०२०÷२१ को वर्कसप ८ हप्ते लेखन कार्यशाला, १२ हप्ते निर्देशन कार्यशाला र अन्तिम चरणमा तीन उत्कृष्ट स्कृप्टलाई ५, ५ लाखको पुरस्कार प्रदान गरि निर्माण गर्न सघाउने गरी तीन भागमा बाँडिएको थियो ।

सन् २०२०÷२१ को फिल्म कार्यशालाका लागि झण्डै दुई सय व्यक्तिले निवदेन दिएकोमा १२ सहभागी भएका थिए । ति १२ मध्य ३ फिल्म बनाउन पाँच÷पाँच लाख रुपैयाँ निर्माण पुरस्कार पाएका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप