शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच व्यवसायिक साझेदारीको सम्झौता

मङ्गलबार, २९ असार २०७८, ११ : ५०
मङ्गलबार, २९ असार २०७८

ज्योति विकास बैंक र नेपाल फर्निचर तथा फर्निसिङ्ग उद्यमी महासंघबीच सहकार्यको लागि सम्झौता भएको छ । महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विभिन्न बैंकिङ्ग सेवा प्रदान गराउने सम्बन्धमा दुई पक्षबीच सम्झौता भएको हो । 

सम्झौतापत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्ट र नेपाल फर्निचर तथ फर्निसिङ्ग उद्यमी महासंघका तर्फबाट महासंघका महासचिव ओम बहादुर बस्नेतले हस्ताक्षर गरेका छन् । 
सम्झौता अनुसार बैंकले महासंघमा आबद्ध व्यवसायीहरु तथा त्यस्ता संस्थामा कार्यरत कर्मचारीहरुलाई विशेष छुटमा प्रोफेसनल लोन, कर्जा सेवाहरु र सहज वित्तिय सेवाहरु प्रदान गर्नेछ । 

साथै ज्योति विकास बैंकले महासंघ अन्तर्गतका व्यवसायीहरुलाई डिजिटल बैंकिङ्ग सेवाहरु प्रदान गर्ने र सहजै सुचारु गरि व्यवसायमा लागू गर्न पनि सहयोग गर्नेछ । 
व्यवसायीहरुले डिजिटल भुक्तानीका सेवा आफ्नो व्यवसायमा भित्र्याई आफ्नो ग्राहकहरूलाई थप सुविधा उपलब्ध गराउन सक्ने बैंकले जनाएको छ ।  

यसका साथै बैंकले आधुनिक बैंकिङ्ग, वित्तिय साक्षरता, उद्यमशीलता विकासका निमित्त महासंघ संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउने भएको छ । 
ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६२ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । 

  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप