बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मन्त्री छान्न पेरिसडाँडामा माओवादी* स्थायी कमिटी बैठक जारी

मङ्गलबार, २९ असार २०७८, ११ : १९
मङ्गलबार, २९ असार २०७८

काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागिताको निर्णय तथा मन्त्रीहरुको टुंगो लगाउन माओवादी केन्द्रको बैठक जारी छ । पार्टी कार्यालय पेरिसडाँडामा जारी बैठकले देउवा सरकारमा सहभागी हुने निर्णय गर्नुका साथै सो सरकारमा पार्टीबाट सहभागी केही मन्त्रीको टुंगो लगाउने एक नेताले जानकारी दिए । 

देउवाले आजै प्रधानमन्त्रीको रुपमा शपथ लिएर सानो आकारको मन्त्रिपरिषद् बनाउन लागेका छन् । सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । 

*यसअघि शीर्षकमा माओवादी हुनुपर्नेमा अन्यथा भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप