बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भारतमा २७ दिनपछि एकदिनमा दुई हजारभन्दा बढीको मृत्यु

मङ्गलबार, २९ असार २०७८, ११ : ०७
मङ्गलबार, २९ असार २०७८

भारतमा २७ दिनपछि कोरोना संक्रमितको मृत्युदरमा अचानक वृद्धि भएको छ । सोमबार २,०२४ जनाको मृत्यु भएको छ । यसअघि दुई हजारभन्दा बढी मृत्यु १६ जूनमा भएको थियो, त्यतिबेला २,३२९ जनाको मृत्यु भएको थियो ।

मृतकमध्ये सबैभन्दा धेरै मध्यप्रदेशमा भएको छ । यहाँ १,४८१ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, राज्यको १,४७८ मृतकको पुरानो आँकडा मिलाउँदा यस्तो भएको हो । महाराष्ट्रमा पनि पहिला यस्तै गरिएको थियो ।  त्यहाँ ९ जुलाईमा मृतकको पुरानो आँकडा मिलाएपछि ७३८ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । त्यसपछि पनि देशभरी भएको मृत्युको आँकडा १,२०७ सम्म पुगेको थियो ।

टाइम्स अफ इन्डियाका अनुसार मृतकको पुरानो आँकडा १७ मेमा पहिलो पटक मिलाइएको  थियो । त्यसपछि जूनको अन्तिम दुई दिन र जुलाईको सुरुवाती दुई दिनमा लगातार पुरानो मृत्युको आँकडा जोडिएको थियो ।

नयाँ संक्रमितमा भारी गिरावटः

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितमा भारी गिरावट आएको छ । ३०,८१८ नयाँ संक्रमितको पहिचान भएको छ भने ४८,९१६ निको भएका छन् । भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २०,१२६ को कमी आएको छ । यो पछिल्लो २४ दिनमा सबैभन्दा धेरै हो । यसअघि २८ जूनमा २०,८७२ सक्रिय संक्रमित कम भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप