शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बलात्कार मुद्दाका फरार युवक पक्राउ

मङ्गलबार, २९ असार २०७८, ११ : ०६
मङ्गलबार, २९ असार २०७८

संखुवासभाको मादी नगरपालिकामा ३६ वर्षीय महिलालाई बलात्कार गरेर भागेका युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चैनपुर र प्रहरी चौकी मादी राम्बेनीबाट खटिएको टोलीले संखुवासभाको मादी नगरपालिका–५ घर भएका ज्ञान बहादुर मोक्तानलाई पक्राउ गरेको हो ।

३१ वर्षीय मोक्तानले मादीकी ३६ वर्षीया महिलालाई २०७७ मंसिर  १८ मा बलात्कार गरेका थिए । बलात्कार गरेको ८ महिनापछि आरोपीलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए ।

घरमा एक्लै भएको समयमा ज्ञान बहादुरले जबर्जस्ती करणी गरेका थिए । पीडितले बलात्कृत भएको चार दिनपछि प्रहरीलाई खबर गरेकी थिइन् । आरोपीमाथि जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान शुरु गरिएको संखुवासभाका डिएसपी लालध्वज सुवेदीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप