बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

भानुको प्रकाश

मङ्गलबार, २९ असार २०७८, १० : ३०
मङ्गलबार, २९ असार २०७८

 

 

-सोमनाथ दाहाल

मधुर जलधि मीठो भानु तिम्रो चरित्र
कलकल कविताको पान गर्छौं सचित्र ।
सब रस अब बाँड्ने हुन्छ हाम्रो प्रयास 
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
                     १
रसमय पथ रोज्यौ वाक्य राम्रो भनेर
नवरस भर पौडी खेल्न थाल्यौ गनेर ।
गुण रस लय भाषा मान गर्ने प्रयास 
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
                    २
प्रकृति कथन लेख्ने रैछ तिम्रो बुभुक्षा
गुण रस कवि तिम्रो आद्य भन्दै सुरक्षा ।
बुनिकन जल यस्तो काव्य ग¥यौ विकास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
                     ३
सुगुण सरस लेख्ने छन्द सारा मिलाई 
सब रस कवितामा भाव शिक्षा खुलाई ।
भ्रमर रस उकाल्थ्यो काव्य मागेर रास
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
                     ४
किन अझपर खोज्छौ भानु बिर्सी जयन्ती
मुलुकभर लुकेका काव्यभित्रै अवन्ति ।
नवरस गुण लेख्यौ छर्न आऊ सुभाष
रमकझमक पार्ने भानु तिम्रो प्रकाश ।।
                     ५

लेटाङ–२, मोरङ
हालः पिण्डेश्वर संस्कृत विद्यापीठ, धरान

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप