आगामी निर्वाचनमा २ लाख निजामति कर्मचारीसहित झन्डै ४ लाखले भोट हाल्न नपाउने
काठमाडौं– आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा २ लाख कर्मचारी र झन्डै २ लाख हाराहारीका सुरक्षाकर्मी मतदान गर्नबाट बञ्चित हुने भएका छन् ।
निर्वाचन आयोगकाअनुसार निर्वाचन ब्यवस्थापन कार्यमा खटिने झन्डै २ लाख सरकारी कर्मचारीले मतदान गर्न पाउने छैनन् । अघिल्ला निर्वाचनहरुमा खटिएका सुरक्षाकर्मी तथा कर्मचारीहरुका लागि छुट्टै मतदाता नामावली बनाएर भोट दिन पाइने ब्यवस्था भएपनि आगामी निर्वाचनका लागि त्यस्तो कुनै ब्यवस्था नभएको आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले भने– ‘अधिकांश कर्मचारीको घरपायक मतदान केन्द्रका जिम्मेवारी पर्दैन, पहिलो चरणको चुनावमा एक ठाउँमा खटिएका कर्मचारी दोश्रो चरणको चुनावमा अर्को ठाउँमा खटिइनुपर्ने पनि हुनसक्छ, कर्मचारीहरुले समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्नेतर्फ आयोगले उपयुक्त समयमा आवश्यक निर्णय लिन्छ ।’
यस्तै, निर्वाचनमा खटिने सुरक्षाकर्मी पनि मतदान गर्नबाट बञ्चित हुने भएका छन् । गृहमन्त्रालयकाअनुसार निर्वाचनका लागि खटिने झन्डै ९८ हाराहारीका म्यादी प्रहरी तथा झन्डै १ लाख बढि सुरक्षाकर्मीले भोट हाल्न पाउने छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् महसुल नतिर्ने उद्योगको सेयर रोक्का गर्न विद्युत् प्राधिकरणको पत्राचार
-
प्रधानमन्त्री ओलीको चीन भ्रमण : बीआरआईका कारण अरु एजेण्डा ओझेलमा
-
मन्त्रालयको विषयगत लक्ष्य हासिल गर्नेगरी अघि बढ्न प्रधानमन्त्रीको निर्देशन
-
इमरान खानका समर्थकले अस्थायी रूपमा फिर्ता लिए प्रदर्शनका कार्यक्रम
-
भारतलक्षित ज्ञवालीको टिप्पणी : द्विपक्षीय सम्बन्धको मामिलामा चासो लिनु उचित होइन
-
राष्ट्रिय चलचित्र पुरस्कार : विपिन र स्वस्तिमा उत्कृष्ट