नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालन
पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । यस सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला नजिकै चेपाङडाँडामा सुक्खा पहिरो खसेपछि सोमबार बिहान ४ः४५ बजेदेखि सडक अवरुद्ध बनेको थियो ।
सोमबार साँझ ७ः३० देखि एकतर्फी सञ्चालनमा आएको सो सडकखण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो हटाई आज बिहान ७ः३० बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो ।
ओभरटेक नगरिकन आफ्नो लेनमा रही ट्राफिक व्यवस्थापनमा खटिएको ट्राफिक प्रहरीको सङ्केतलाई पूर्ण पालना गरी सवारी चलाउन सवारी चालकलाई प्रहरीले अनुरोध गरेको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डमा वर्षाको समयमा पहिरो खसी पटक–पटक सडक अवरुद्ध हुँदै आएको छ । सवारी चालकले जथाभावी ओभरटेक गर्दा पहिरो पञ्छाइ सडक खुलाइए पनि घण्टौँसम्म जाम हुने समस्या छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ हजार कानुन व्यवसायी करको दायरामा आएका छन् : सचिव सापकोटा
-
रुकुम पश्चिमकाे सानीभेरी नदीकाे किनारामा एक व्यक्तिको शव फेला
-
कुन राशिका लागि पुस महिनामा कस्तो योग छ ?
-
सरकारको प्रयासका कारण ब्याजदर एकल अंकमा आउन सम्भव भयो : अर्थमन्त्री
-
पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने
-
उच्च अंकले घट्यो नेप्से, परिसूचक २६३१ बिन्दुमा