सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रौतहटमा ट्याक्टर दुर्घटनामा चालकसहित २ जनाको मृत्यु

मङ्गलबार, २९ असार २०७८, ०८ : २४
मङ्गलबार, २९ असार २०७८

रौतहट । रौतहटको मध्यभाग देवाहि गोनाहीस्थित ट्याक्टर दुर्घटना हुँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । 

मृतक मध्ये एकजना चालक रहेको प्रहरीले जनाएको छ । गएराती करिब ११ः ४५​ बजे  देवाही गोनाही नगरपालिका वार्ड नं ४ स्थित  खेत जोतेर फर्किने क्रममा लालबकैया नदीको बाँधमा ना ४ त १५०७ नम्बरको उक्त ट्याक्टर दुर्घटना भएको थियो ।

 नदीको बाँध वाट झन्डै १० फिट  तल झरेर पल्टेको गाडीमा सवार ४ जना मध्ये २ जनाको देवेन्द्र पटेल को छोरा बर्ष २० का  गोविन्दा पटेल र २२ का  कोबिन्द्र पटेलको  घटना स्थल मै मृत्यु भएको छ ।

ईलाका प्रहरी कार्यालय देवाही गोनाहिका प्रमुख इन्स्पेक्टर राजन लम्सालले बताए । त्यसैगरी पाना पटेल को छोरा राकेश पटेल र मायाराम पटेल को छोरा कान्थ पटेल गम्भीर घाइते भएका छन् ।

घाइते दुवैजनालाई उपचारको लागि रातीनै एम्बुलेन्सबाट बीरगंज पठाइएको प्रहरीले जनाएको छ । 

मृतक दुबैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाईएको र  घटनाबारे थप अनुसंधान भैरहेको इन्स्पेक्टर लम्सालले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप