बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

आज देउवाले सानो आकारको मन्त्रिपरिषद् बनाउँदै

मङ्गलबार, २९ असार २०७८, ०७ : ५०
मङ्गलबार, २९ असार २०७८

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन् ।  

सर्वोच्च अदालतको आदेशअनुसार प्रधानमन्त्री बन्न लागेका ने देउवाले आज सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका हुन्।

सोमबार सर्वोच्च अदालतले मंगलबार दिउँसो पाँच बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन आदेश दिएको थियो । 

सर्वोच्चको आदेश लगत्तै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो।

मंगलबार बिहान बस्ने विपक्षी गठबन्धनमा रहेका शीर्ष नेताहरूको बैठकले सरकारमा सहभागी हुने नेताहरूको नाम तय गर्ने भएको छ।

संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप