मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा ५ दलद्वारा दीप प्रज्वलन

सोमबार, २८ असार २०७८, २३ : ०१
सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै बुटवलमा ५ दलले दीप प्रज्वलन गरेका छन् । बुटवलको ट्राफिक चोकमा साँझ जम्मा भएका नेपाली काँग्रेस, माओवादी केन्द्र, एमाले (माधव नेपाल पक्ष), जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र राप्रपा नेता कार्यकर्ताहरूले फैसलाको स्वागत गर्दै दीप प्रज्वलन गरेका हुन् ।  

दीप प्रज्वलन कार्यक्रममार्फत उनीहरुले प्रधानमन्त्री ओली र राष्ट्रपतिले तत्काल राजीनामा दिनुपर्ने माग गरे । कार्यक्रममा बोल्दै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश सभा संसदीय दलका नेता कुलप्रसाद केसीले विपक्षीहरूको गठबन्धन अझै ५ बर्ष निरन्तर जारी रहने भन्दै प्रतिगमन पत्तासाफ हुने दावी गरे ।

कार्यक्रममा नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभा सदस्य डिल्ली चौधरीले सर्वोच्च अदालतले संविधान र प्रजातन्त्र बचाएको  बताउँदै  ओलीको निरंकुशता परास्त  भएको  बताए । कार्यक्रममा जसपा लुम्बिनी प्रदेश मुख्यसचिव यज्ञ पोखरेल, माओवादी रुपन्देहीका सचिव निर्मल जिसी, नेपाली काँग्रेस बुटवलका नगर सभापति खेलराज पाण्डे लगायतले सम्बोधन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप