शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा जोखिम भत्ता निकासा

सोमबार, २८ असार २०७८, २२ : ५१
सोमबार, २८ असार २०७८

कर्णाली प्रदेश सरकारले रु तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको जोखिममा खटिएका दशवटै जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई जोखिम भत्ता उपलब्ध गराउन रु तीन करोड २७ लाख ८३ हजार ४८७ रकम निकासा दिएको हो । 

मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराएको जानकारी दिएका छन् । काप्रीका अनुसार मन्त्रालयले १० जिल्ला अस्पताल, एक प्रदेश अस्पताल, स्वास्थ्य सेवा निर्देशनालय र प्रदेश आयुर्वेद औषधालयमा कोरोना महामारीमा खटिएका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स र शव वाहन चालकहरुलाई प्रमाणित अभिलेखका आधारमा शुरु तलब स्केलको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गरिएको हो ।  

कोरोना महामारीमा जोखिम मोलेर काम गर्ने प्रदेशभरका चिकित्सक स्वास्थ्यकर्मी, सरसफाइकर्मी र एम्बुलेन्स तथा शव वाहन चालकलाई जोखिम भत्ता उपलब्ध गरिएको सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले जानकारी दिए । प्रदेश अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव वाहन चालकका लागि ३८ लाख ६१ हजार १५२ रुपैयाँ निकासा दिएको छ । 

यस्तै प्रदेश आयुर्वेद औषधालयलाई ५ लाख ३३ हजार ९५०, जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतलाई २६ लाख २० हजार २००, मेहलकुना अस्पताललाई ८ लाख ९३ हजार २४, स्वास्थ्य सेवा कार्यालय सल्यानलाई ३५ लाख, स्वास्थ्य सेवा कार्यालय जाजरकोटलाई २३ लाख ५५ हजार २९०, स्वास्थ्य सेवा कार्यालय मुगुलाई ३१ लाख १९ हजार ११६, स्वास्थ्य सेवा कार्यालय दैलेखलाई ५३ लाख ३८ १८०, स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई १७ लाख आठ हजार ७७५, स्वास्थ्य सेवा कार्यालय हुम्लालाई ३५ लाख ७ हजार ३०० र स्वास्थ्य सेवा कार्यालय डोल्पालाई १५ लाख चार हजार ६८० रुपैयाँ निकासा दिइएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप