शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य

सोमबार, २८ असार २०७८, २२ : ३८
सोमबार, २८ असार २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानबमोजिम आज राति १२ बजेदेखि लागू हुने गरी मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन अन्त्य गरेकी हुन् ।

राष्ट्रियसभाको आजको बैठकले असार २९ गते दिनको ३ बजे बस्ने गरी निर्धारण भएको बैठकसमेत स्वतः अन्त्य भएको छ । बैठक स्वतः अन्त्य भएको सङ्घीय संसद् सचिवालयका महासचिव डा.भरतराज गौतमद्वारा सोमबार जारी सूचनापत्रमा उल्लेख छ । राष्ट्रियसभाको चालु आठौं अधिवेशन असार १७ गते आह्वान भएको थियो ।

अधिवेशनका क्रममा बसेको ६ वटा बैठकमा सांसदहरुले मुलुकको समसामयिक जनचासोका विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप