गुल्मीकै पहिलो खरको छानामुक्त पालिका बन्यो धुर्कोट
गुल्मीका १२ वटा स्थानीय तहमध्ये धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका घोषणा गर्न पहिलो भएको छ । सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले खरका छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरेका थिए ।
धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले यो ऐतिहासिक उपलब्धि रहेको बताए । पालिकाभित्र ५०४ वटा खरका छाना विस्थापित गरी जस्तापाताले घर छाउने काम भएको उनले जानकारी दिए । नागरिक सुरक्षित अवास कार्यक्रममार्फत थप १५७ घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको उनले बताए । जनता आवास कार्यक्रम मार्फत विपन्न वर्गका लागि ३७ वटा घर निर्माण गरिएको पनि उनले जानकारी दिए ।
धुर्कोट गाउँपालिका–७, वाग्ला ज्यामिरेकोटमा पहिरोका कारण उच्च जोखिममा रहेको बस्तीलाई एकीकृत नमुना बस्तीमा सार्नका लागि १८ घर निर्माण सम्पन्न गरिएको उनको भनाइ छ । भूकम्पबाट क्षति भएका ५२९ वटा घर पुनर्निर्माण गरिएको समेत उनले बताए ।
उक्त कार्य सम्पन्न गर्न कुल १९ करोड २९ लाख ९४ हजार १९ रुपैयाँ लगानी भएको पालिका प्रमुख पोखरेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !