बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

गुल्मीकै पहिलो खरको छानामुक्त पालिका बन्यो धुर्कोट

सोमबार, २८ असार २०७८, २२ : २०
सोमबार, २८ असार २०७८

गुल्मीका १२ वटा स्थानीय तहमध्ये धुर्कोट गाउँपालिका खरको छानामुक्त पालिका घोषणा गर्न पहिलो भएको छ । सोमबार आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण पराजुलीले खरका छानामुक्त धुर्कोट गाउँपालिका घोषणा गरेका थिए ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले यो ऐतिहासिक उपलब्धि रहेको बताए । पालिकाभित्र ५०४ वटा खरका छाना विस्थापित गरी जस्तापाताले घर छाउने काम भएको उनले जानकारी दिए । नागरिक सुरक्षित अवास कार्यक्रममार्फत थप १५७ घरधुरीलाई जस्तापाता उपलब्ध गराइएको उनले बताए । जनता आवास कार्यक्रम मार्फत विपन्न वर्गका लागि ३७ वटा घर निर्माण गरिएको पनि उनले जानकारी दिए ।

धुर्कोट गाउँपालिका–७, वाग्ला ज्यामिरेकोटमा पहिरोका कारण  उच्च जोखिममा रहेको बस्तीलाई एकीकृत नमुना बस्तीमा सार्नका लागि १८ घर निर्माण सम्पन्न गरिएको उनको भनाइ छ । भूकम्पबाट क्षति भएका ५२९ वटा घर पुनर्निर्माण गरिएको समेत उनले बताए ।

उक्त कार्य सम्पन्न गर्न कुल १९ करोड २९ लाख ९४ हजार १९ रुपैयाँ लगानी भएको पालिका प्रमुख पोखरेलको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप