सर्वोच्चको फैसलाले संसद र राष्ट्रपति संस्थामाथि प्रहार : ईश्वर पोखरेल

नेकपा एमालेका नेता ईश्वर पोखरेलले सर्वोच्च अदालतको फैसलाले संसद र राष्ट्रपतीय संस्थामाथि प्रहार भएको बताएका छन् । सर्वोच्चको फैसलालगत्तै सामाजिक सञ्जालमार्फत नेता पोखरेलले भने, ‘लोकतान्त्रिक प्रणालीमा मुलुकलाई प्रधानमन्त्री दिने काम राजनीतिक दलहरूको प्रतिनिधित्व भएको संसदले गर्ने हो, राष्ट्रपति संस्थाले त्यसलाई औपचारिकता दिने हो । सर्वोच्च अदालतको आजको फैसलाबाट यही अभ्यास र मर्ममाथि प्रहार भएको छ।’
नेता पोखरेलले लोकतन्त्रको महत्वपूर्ण पक्ष नियन्त्रण र सन्तुलन अर्थात् शक्ति पृथकीकरण भएको र सर्वोच्चको फैसलाले त्यसैमाथि प्रहार भएको बताए । सर्वोच्चले दिएको राजनीतिक दलको ह्विप नलाग्ने आदेशलाई पनि लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि स्वीकार गर्न नसक्ने दाबी उनले गरेका छन् । उनले भनेका छन् : ‘सर्वोच्चले बहुदलीय व्यवस्थाको मर्म संसदभित्रको कारवाहीमा संसदभित्रका सम्वन्धित राजनीतिक दलको ह्विप नलाग्ने आदेश गरेको छ । लोकतन्त्रमा विश्वास गर्ने कसैले पनि यसलाई स्वीकार गर्न सक्तैन । यसका विरूद्धको बृहद जनअभिमत निर्माण गर्नु अबको प्रमुख काम हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रस्तावित युद्धविराम वार्तापछि रुस र युक्रेनद्वारा हवाई आक्रमण जारी
-
नेपाली मूलका विजय पौडेल क्यानडामा बने सांसद पदको उम्मेदवार
-
चित्रकार शशिविक्रम शाहलाई ‘आदर्श गुरु सम्मान’
-
एघार कर्मचारी भएको कार्यालयलाई १० जिल्लामा बजार अनुगमनको जिम्मेवारी
-
गुञ्जिए गुलाम अली, तस्बिरहरू
-
नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते सम्पन्न