आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

वीरेन्द्रनगरमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला

सोमबार, २८ असार २०७८, २० : ४२
सोमबार, २८ असार २०७८

कर्णाली प्रदेशमा झण्डै १ करोड ७३ लाख लागतमा पानी परिक्षण प्रयोगशाला स्थापना गरिएको छ । पूर्वाधार विकास निर्देशनालयले एक करोड ७३ लाख ३० हजार लागतमा प्रयोगशालाको स्थापना गरिएको हो । प्रदेशस्तरीय यो प्रयोगशालाको सोमबार प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमरबहादुर थापाले उद्घाटन गरेका हुन् । 

प्रयोगशालाको उद्घाटन गर्दै थापाले भने, ‘प्रयोगशाला स्थापनापछि कर्णालीका नागरिकलाई स्वच्छ पिउने पानीको हक सुनिश्चित हुने छ । प्रयोगशाला सञ्चालनपश्चात कर्णालीका सबै क्षेत्रको पानी परीक्षण गरी स्वच्छ पानी पिउने वातावरण सिर्जना हुनेछ ।’ 

खानेपानी कार्यालय मातहत राख्नुपर्ने यो परीक्षण प्रयोगशाला प्राविधिक कारणले हाल पूर्वाधार निर्देशनालय मातहत राखिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप