आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सर्वोच्चलाई धन्यवाद दिँदै नेविसंघले गर्‍यो माइतीघरमा दीप प्रज्वलन (फोटो फिचर)

सोमबार, २८ असार २०७८, २० : २९
सोमबार, २८ असार २०७८

नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले माइतीघरमा दीप प्रज्वलन गरेको छ । सोमबार साँझ नेपालको संविधान आकारमा मैनवत्ति बाल्दै उनीहरूले प्रतिनिधि सभा पुनः स्थापना गर्ने सर्वोच्च अदालतको स्वागत गरेका छन् ।

 धन्यवाद सर्वोच्च, लोकतन्त्र जिन्दाबाद, प्रतिगमन बाईबाई जस्ता नारा लगाउँदै उनीहरूले सडक प्रदर्शन समेत गरेका थिए । एमालेको केपी शर्मा ओली निकट अनेरास्ववियूले पनि सोही स्थानमा सर्वोच्चको विरोध कार्यक्रम गरिरहेका बेला नेविसंघले कार्यक्रम गर्न खोजेपछि अनेरास्ववियूका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अनेरास्ववियूको कार्यक्रम सकिएपछि उनीहरुले सुरक्षाकर्मीको बाक्लो घेराबीच दीप प्रज्वलन कार्यक्रम गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप