राष्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली
सोमबार, २८ असार २०७८, १५ : ००
१

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका छन् । माधव नेपाल पक्षका केही नेताहरु समेत सहभागी स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री ओली राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् । बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओली साँझ सवा ७ बजे राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका हुन् ।
सोमबार सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्रै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्नु भन्ने परमादेश दिएपछि केपी शर्मा ओली प्रधानमन्त्रीबाट बाहिरिँदैछन् । प्रधानमन्त्रीले आजै राष्ट्रपतिसमक्ष राजीनामा बुझाउने सम्भावनासमेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
-
लुम्बिनी प्रदेशको चैत मसान्तसम्म खर्च जम्मा ३९ प्रतिशत, कुन मन्त्रालयको कति ?
-
नारायणको बार आज कुन राशिलाई कति लाभ ?
-
चीनमा भूकम्प, काठमाडौँसम्म धक्का महसुस
-
आईपीएलमा पञ्जाबभन्दा पनि न्यून स्कोर बनाएर हार्यो कोलकाता
-
स्थानीय वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा