
ADVERTISEMENT
समाचार
२४ घण्टामा थपिए २३७० संक्रमित, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११५८४ जनामा गरिएको परीक्षणमा २३७० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा संक्रमणबाट १८ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसहित मृत्यु हुनेको संख्या ९ हजार ४०० पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ७ हजार ६ सय ८९ जना र एन्टिजेन विधिबाट ३ हजार ८ सय ९५ जनाको परीक्षण गरिएको थियो ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ