शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा ४५ अंकको गिरावट

सोमबार, २८ असार २०७८, १६ : ४६
सोमबार, २८ असार २०७८

सोमबार सेयर बजार परिसूचक नेप्सेमा ४५ अंक माथिको गिरावट आएको छ । उता विघटित प्रतिनिधिसभा सर्वोच्च अदालतद्वारा पुनःस्थापना हुँदै गर्दा आज यता सेयर बजारमा भने अधिकतम ४५.०६ अंकको गिरावट आएको हो । 

नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक अधिकतम ४५.०६ अंकले गिरावट आउँदै २ हजार ८५४.७७ विन्दुमा झरेको हो । जबकी गत आइतबार लामो समयको मौनता तोड्दै नेप्से परिसूचक अधिकतम ७३.३३ अंकको बृद्धि हुँदै २ हजार ८९८.४३ विन्दुमा पुगेको थियो । 

त्यसो त नेप्सेका अनुसार आज ठूला ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.६२ अंकले घटेर ५३४.८१ विन्दुमा झर्न पुगेको छ ।  यस दिन म्युचुअल फण्ड बाहेकका सबै जसो समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् भने कुल २२९ कम्पनीका २ करोड ६० लाख माथिको सेयर ९२ हजार १९२ पटक किनबेच हुँदा ९ अर्ब ९८ करोड २६ हजार ५२७ रुपैयाँको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप