आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्चको फैसलापछि देउवा निवासमा आन्तरिक छलफल जारी, कुन–कुन नेता छन् सहभागी ?

सोमबार, २८ असार २०७८, १६ : ००
सोमबार, २८ असार २०७८

सर्वोच्चको फैसलापछि काँग्रेस सभापति शेरबहादुर देउवा आन्तरिक छलफलमा जुटेका छन् । देउवा निवास बुढानिलकण्ठमा काँग्रेसका शीर्षस्थ नेताबीच छलफल जारी छ । साढे तीन बजेबाट जारी छलफलमा महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्रीद्वय प्रकाशशरण महत, सुनील थापा, नेता बालकृष्ण खाण, पुष्पा भुसाललगायत सहभागी छन् ।

सर्वोच्चले संसद पुनःस्थापनासहित देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामदेश गरेपछि आज देउवा निवासमा सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । आन्तरिक छलफलपछि आजै विपक्षी गठबन्धनका नेताहरूसँग छलफल गर्ने देउवाको तयारी छ ।

बैठकमा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला पनि आउँदै छन् । रामशरण महत पनि देउवा निवास पुगेका छन् । अन्य नेताहरु पनि आउने क्रम जारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप