प्रतिगमनको हार भएको छ : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतको आजको आदेशले संघीयता, लोकतन्त्र र संविधानको रक्षा भएको प्रतिकृया दिएका छन् । विपक्षी गठबन्धनका नेता समेत रहेका अध्यक्ष यादवले सर्वोच्चको आदेशपछि रातोपाटीलाई प्रतिकृया दिँदै भने, ‘एकपटक पुनः प्रतिगमनको हार भएको हो र अग्रगमनको जित भएको छ ।’ प्रतिगमनकारीहरुले अझै षड्यन्त्र गर्न सक्नेतर्फ सचेत गराउँदै उनले त्यसका लागि सतर्क रहनुपर्ने बताए ।
उनले अब गठबन्धनले संविधान, लोकतन्त्र र संघीयताको रक्षाका लागि काम गर्ने स्पष्ट पारे । ‘गठबन्धनको काँधमा ठूलो जिम्मेवारी आएको छ, देशमा देखिएको अन्योलतालाई अन्त्य गरी सुशासन कायम गर्ने अभिभारा गठबन्धनको काँधमा आएको छ, गठबन्धनको अगामी यात्रा सहमति र सहकार्यको आधारमा अघि बढ्छ’ अध्यक्ष यादवले भने ।
त्यस्तै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य रामेश्वर राय यादवले सर्वोच्च अदालतले लोकतन्त्रको रक्षा गरेर जनताको विश्वास जितेको प्रतिकृया दिए । उनले संसद विघटन भएपछि देशमा एकखालको अन्योलता देखिएको र त्यसलाई अन्त्य गर्नका लागि सर्वोच्चको आदेशले महत्वपूर्ण भूमिका खेलेको प्रतिकृया दिए ।
अदालतको आदेशले एमाले अध्यक्ष केपी शर्मा ओली युगको अन्त्य भएको उनको भनाई छ । ओलीको निरंकुश शासनबाट जनता मुक्त भएकोमा देशमा खुसीयाली छाएको उनले बताए । ‘२०४६ मा निरंकुश पञ्चायती व्यवस्था र २०६२ मा शाही शासनबाट मुक्त हुँदा जसरी जनता खुशी भएका थिए, त्यसरी नै आज ओलीको शासनबाट मुक्त हुँदा नेपाली जनता खुशी भएका छन्’ उनको भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रजनीमिलाका तीन कविता
-
थाइल्याण्ड र म्यान्माका भूकम्प पीडितका लागि सहायता र आश्वासन आउने क्रम जारी
-
पूर्वराजालाई पठाइएको पत्र फिर्ता लिनु बुद्धिमानी हुन्छ : कमल थापा
-
घोडेजात्रामा नेपाली सेनाको अश्वकला प्रदर्शन, तस्बिरहरू
-
अराजक गतिविधि नियन्त्रणमा निर्मम हुन प्रहरी महानिरीक्षक थापाको निर्देशन
-
निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड