मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

देउवालाई प्रधानमन्त्रीमा सघाउँदा एमालेले माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने

सोमबार, २८ असार २०७८, १३ : ५१
सोमबार, २८ असार २०७८

सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न सघाउँदा माधव नेपाल पक्षलाई कारबाही गर्न नमिल्ने आदेश जारी गरेको छ ।  संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो ।

अदालतले  साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।   

यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६ ९५० मा ह्वीप नलाग्ने पनि भनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप