शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटन बदरपछि जनार्दन शर्माको प्रतिक्रिया –प्रतिगमन परास्त भो

सोमबार, २८ असार २०७८, १३ : ४८
सोमबार, २८ असार २०७८

नेकपा माओवादी केन्द्रले प्रतिगमन बदर भएको बताएको छ । सो पार्टीका नेता जनार्दन शर्माले सर्वोच्चले ओलीको गलत कदमलाई सच्याएको भन्दै यसबाट प्रतिगमन परास्त भएको प्रतिक्रिया दिएका छन् ।  ‘प्रतिगमन परास्त भयो’, उनले भने । 

आजै सर्वोच्च अदालतले  साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।   

यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६ (५) मा ह्वीप नलाग्ने पनि भनेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप