शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटन गर्ने ओलीको दोस्रो प्रयास पनि विफल

सोमबार, २८ असार २०७८, १३ : ३९
सोमबार, २८ असार २०७८

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो प्रयास पनि विफल भएको छ । संवैधानिक इजलासले प्रधानमन्त्री ओलीको सिफारिसमा विघटन गरिएको प्रतिनिधिसभालाई दोस्रो पटकसमेत पुनर्स्थापना गरिदिएको छ । सोमबार संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेको हो ।

यसअघि गत फागुन ११ मा पनि संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन बदर गरेको थियो । प्रधानमन्त्री ओलीले पहिलो पटक गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । जेठ ८ गते उनले दोस्रो पटक प्रतिनिधिसभा विघटनको सिफारिस गरेका थिए । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको दुवै पटकको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालै अनुमोदन गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप