शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

देउवाले बोलाए पदाधिकारी बैठक

सोमबार, २८ असार २०७८, १३ : ३३
सोमबार, २८ असार २०७८

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन् । देउवाले  पार्टीका १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बोलाएका हुन् ।

बैठक मंगलबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए । देउवाले अदालतको सम्भावित फैसलाबारे आज बिहान पनि आफूनिकट नेताहरुसँग छलफल गरेका थिए ।

आइतबार अपरान्ह नेता कृष्णप्रसाद सिटौलासँग पनि देउवाले संवाद गरेका थिए । देउवा र सिटौलाबीचको छलफलका पनि क्रियाशील सदस्यताको छानविन र देशको राष्ट्रिय राजनीतिमा  काँग्रेसले खेल्नुपर्ने भूमिका सन्दर्भमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप