गण्डकी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध
गण्डकी प्रदेशसभाको बैठक लगातार दोस्रो दिन पनि अवरुद्ध भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटको विषयलाई लिएर बैठक अवरुद्ध गरेको हो । बैठक सुरु हुनासाथ एमालेका सांसदहरूले उठेर बैठक अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले १२ बजेसम्मका लागि बैठक स्थगित गरेका छन् ।
प्रदेश सरकारले गैरकानुनी रूपमा कार्यकर्ता पोस्नका लागि करोडौँ रुपैयाँ रकमान्तर गरेको भन्दै एमालेले यथार्थ बाहिर नल्याउँदासम्म बैठक चल्न नदिने उडान राख्दै आएको छ । एमालेले आइबार पनि संसद् बैठक अवरुद्ध गरेको थियो ।
एमालेका सांसद रामशरण बस्नेतले नयाँ सरकारले बजेट रकमान्तर गरेको र पुराना काम सकिएका योजनाको भुक्तानी रोकेकाले बैठक अवरुद्ध गर्न बाध्य भएको बताएका छन् ।
उनले सरकारले पोखराको एउटै वडामा करोडौँ रुपैयाँ विनियोजन गरिएको भन्दै कानुन अनुसार बजेट विनियोजन ठिक नभएको जिकिर गरे । सरकारले बहुवर्षीय ठेक्का लगाएका योजना हटाएर कार्यकर्ता रिझाउन रकमान्तर गर्दै बजेट बाँडेको भन्दै एमालेले त्यसको फेहरिस्त प्रस्तुत नगरेसम्म बैठक चल्न नदिने अडान राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका मन्त्रीले लेखे मन्त्रिपरिषद्को कार्यालयलाई पत्र
-
यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण
-
दुर्घटनाबाट बचाएको भन्दै शान्ति श्रीले दिइन् क्याप्टेन चन्दलाई धन्यवाद
-
उपेन्द्र यादवकै पक्षमा दृढताका साथ उभिन जसपा मधेस प्रदेशको आग्रह
-
बुटवलमा अनलाइन सट्टेबाज गराउने १३ जना पक्राउ
-
पाँच सय ७२ रोपनी जमिनमा भ्रष्टाचार गरेको अभियोगमा केही व्यक्ति दोषी ठहर