बागमती प्रदेशसभा बैठक अनिश्चितकालसम्मका लागि स्थगित
बागमती प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको जानकारी दिए ।
प्रदेशसभाको सोमबार बिहान बसेको पहिलो बैठकले प्रदेश सरकारको आर्थिक विधेयक पारित गरेको थियो । उक्त विधेयक पारित भएपछि १० मिनेट स्थगित गरी पुनः सञ्चालन भएको प्रदेशसभाको दोस्रो बैठकले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ । त्यसपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको हो ।
प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री सरेश नेपालले प्रदेश पर्यटन विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र सामाजिक विकासमन्त्री सरस्वती बस्नेतले प्रदेश उच्च शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेका थिए ।
दुवै विधेयकलाई प्रदेशसभाको बैठकले सम्बन्धित समितिहरुमा दफावार छलफलका लागि पठाउन स्वीकृति प्रदान गरेको छ ।
समितिमा दफावार छलफल भएपछि प्रतिवेदन तयार भइ उक्त विधेयक पुनः संसद्मा छलफलका लागि आउने र संसदबाट पारित भएपछि ऐन बन्नेछ ।
बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति रमा आले मगरले बाढी प्रभावित जिल्ला सिन्धुपाल्चोकको स्थलगत अवलोकनको प्रतिवेदन पेश गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
-
देशका चार स्थानको तापक्रम माइनसमा, काठमाडौँमा केही बढ्यो
-
१० बजे, १० समाचार : ओली आराममा, रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई कारबाही गरिने
-
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
-
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौँ : मन्त्री गुरुङ
-
सोकेस आयोजना ३५ मा सीमित हुनसक्ने, आयोजनाको संख्या बढाउन दबाब